राष्ट्रपतिले बंगलादेशसँग तीनवटा सम्झौतामा हस्ताक्षर गर्ने – Nepal Press

राष्ट्रपतिले बंगलादेशसँग तीनवटा सम्झौतामा हस्ताक्षर गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भोलिदेखि हुने राजकीय भ्रमणको क्रममा बंगलादेशसँग तीन वटा सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रपतिको भ्रमणबारे जानकारी गराएका हुन् ।

‘भ्रमणका क्रममा सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपन्छीमा प्रयोग हुने विषादीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ,’ गुरुङले भने, ‘रेल्वे, यतायता र बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने र बंगलादेशले नेपालमा विद्युत खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास व्यक्त गरिएको छ ।’

राष्ट्रपति भण्डारी बंगलादेशी समकक्षीको निमन्त्रणमा भोलिदेखि दुई दिने राजकीय भ्रमणका लागि भोलि ढाकातर्फ जाँदैछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर