कलङ्कीमा सडक पेटीमा सुतिरहेका मजुदरको ढुङ्गा प्रहार गरेर हत्या – Nepal Press

कलङ्कीमा सडक पेटीमा सुतिरहेका मजुदरको ढुङ्गा प्रहार गरेर हत्या

काठमाडौं । काठमाडौं महानरगपालिका- १४ कलंकी थापागाँउमा एक पुरुषको ढुङ्गा प्रहारबाट आइतबार बिहान मृत्यु भएको छ ।

हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको ढुङ्गा प्रहारबाट मृत्यु भएको हो । उनी मजदुरी गर्ने गरेका थिए ।

अपरिचित व्यक्तिले टाउकोमा ढुङ्गाले प्रहार गर्दा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार ढुङ्गा प्रहार गर्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *