वसन्तपुरमा चीर ठड्याइयो- फागु पर्व सुरु – Nepal Press

वसन्तपुरमा चीर ठड्याइयो- फागु पर्व सुरु

नेपाल प्रेस २०७७ चैत ८ गते १३:५७
२०७७ चैत ८ गते १३:५७

वसन्तपुर हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली सुरु भएको छ ।

आज विहान ८ बजेर २६ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटांगिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो । योसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु भएको छ ।

भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ । यस वर्ष फागु पूर्णिमा चैत १५ गते परेको छ । तराई मधेशका जिल्लामा १६ गते फागू पर्व परेको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक विदा दिने गर्छ ।