आउने चुनाब नजितिएला तर निरंकुशतासँग सम्झौता हुन्न : राजेन्द्रकुमार राई – Nepal Press

आउने चुनाब नजितिएला तर निरंकुशतासँग सम्झौता हुन्न : राजेन्द्रकुमार राई

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं माधव पक्षका नेता राजेन्द्रकुमार राईले संस्थापन पक्षले गर्ने कारबाहीले कम्युनिष्ट आन्दोलन नरोकिने जवाफ फर्काएका छन् ।

पार्टी हितविरुद्ध काम गरेको र नेतृत्वलाई खुइल्याउन तल्लीन रहेको भन्दै माधवनेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोधिएको भोलिपल्ट राईको यस्तो भनाइ आएको हो ।

सामाजिक सञ्जालमार्फत राईले कारबाहीबाट जनप्रतिनिधि पद गए पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता नगर्ने उद्घोष गरेका छन् ।

‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नी जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुस्कार्यसँग कुनै सम्झौता हुने छैन’, राईले लेखेका छन्, ‘न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिष्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिष्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन !’

पछिल्लो समय सर्वोच्च अदालतको फैसलापछि फेरि ओलीसँग मिसिने सन्दर्भमा राईले भेलामा वैचारिक राजनीतिक विषयमा खरो मत राख्दै आएका छन् ।


प्रतिक्रिया

One thought on “आउने चुनाब नजितिएला तर निरंकुशतासँग सम्झौता हुन्न : राजेन्द्रकुमार राई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर