मनाङ ट्रक दुर्घटनामा मृतकको संख्या ६ पुग्यो – Nepal Press

मनाङ ट्रक दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

मनाङमा शनिबार अपराह्न भएको ट्रक दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ ।

लमजुङको बेसीशहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको सिमेन्ट बोकेको ट्रक मनाङको नासों गाउँपालिका ४ खोत्रोको उकालोमा दुर्घटनामा परेको थियो ।

सडकबाट करिव ५० मिटर तल मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त भएपछि तीनजनाको घटनास्थलमै र दुई जनाको बेसीशहर ल्याउँदा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनाका घाइते ४ वर्षीय थियोन गुरुङलाई उपचारका लागि चितवन लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय लमजुङले जानकारी दिएको छ । कार्यालयका अनुसार अन्य दुई घाइतेहरु ट्रक चालक सुमन तामाङ र अर्का ६ वर्षीय निहल गुरुङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा नासों गाउँपालिका ४ ओडारकी मनिषा गुरुङ, उनका डेढ वर्षीय छोरा लियोन गुरुङ र बहिनी जलकाशी गुरुङको घटनास्थलमै निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका सहचालक लक्ष्मण नेपाली र चामेका धनमान विकको बेसीशहर ल्याउने क्रममा बाटोमा निधन भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर