रामचन्द्रको चिन्ता–हामी फस्दै गयौं,जसरी हुन्छ केपी ओलीलाई बिदा गरौं (भिडियाे) – Nepal Press

रामचन्द्रको चिन्ता–हामी फस्दै गयौं,जसरी हुन्छ केपी ओलीलाई बिदा गरौं (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति सभालाई सम्बोधन गर्दै पौडेलले नेपाली कांग्रेसले अरु राजनीतिक दललाई सरकारको नेतृत्वमा अघि सारेर भए पनि प्रधानमन्त्री ओलीको विकल्पमा जानुपर्ने बताए । राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलतालाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए ।

नेतृत्वले निर्णय लिन नसकेको भन्दै उनले पार्टी नेतृत्व किंकर्तव्यविमुख भएर बस्ने बेला नभएको धारणा राखे । ‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीमध्ये को–को सँग मिलाएर-मिलेर के गरेर हुन्छ कसैलाई अगाडी बढाएर हुन्छ कि, आफु अगाडी बढेर हुन्छ कि अहिलेको केपी ओली जसले यत्रो ठुलो उत्पात गरे । उधुम गरे । उनको विकल्पमा नयाँ शसक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि समायोजनको संयोजकको भुमिका नेपाली कांग्रेसजस्तो पार्टीले गर्नुपर्छ ।’ उनले भने ।

‘यो पार्टीले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ । देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ । देशलाई अन्योलमा राख्ने होइन । अहिलेको अन्योललाई अन्त्य गर्ने हैसियत नेपाली कांग्रेसले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राख्नुपर्छ । नेपाली कांग्रेसको नेतृत्वले राष्ट्रको नेतृत्व दिने यस्तै बेलामा हो । उहाँहरु कर्तव्यच्युत, किंकर्तव्यविमुढ भएर बस्ने बेला होइन ।’

नेपाली कांग्रेसका कतिपय नेताले चुनावको पक्षमा बोल्ने गरेको भन्दै उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने बताए । संसदमा भएका शक्तिलाई समायोजन गरेरै विकल्प दिनुपर्नेमा उनको जोड छ ।

‘अदालतको फैसलाले पाँच वर्ष नभइ चुनाव गर्ने अनुमति दिदैनँ । संसद फेरी विघटन गर्ने कहीँ पनि ठाउँ छैन । त्यस्तो बेलामा मंसिरमा चुनाव गर्छु, आउँदो फागुनमा चुनाव गर्छु भन्दै हिड्ने ? कहाँनेर कता फस्दै गयौँ हामी ? कसले फसाउन खोज्यो ? हामीले अहिले चुनावको कुरा होइन । हामीले त यही संसदलाई कसरी उपयोग गर्ने ? कसरी यही संसदमा भएका शक्तिहरुलाई समायोजन गरेर अहिले विकल्प दिने हो ।’ उनले भने ।

बरिष्ठ नेता पौडेलले लोकतन्त्र पक्षधरको सरकार दिनुपर्ने बताए । संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न नेपाली कांग्रेसले कुशलता देखाउनुपर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया

2 thoughts on “रामचन्द्रको चिन्ता–हामी फस्दै गयौं,जसरी हुन्छ केपी ओलीलाई बिदा गरौं (भिडियाे)

  1. om saanti liyeko bektile yesto kuraa bolnu thik bhayen ke kepi oli matra dosi chhn ahileko abastha aaun ?

  2. नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलको अहिलेको अनिर्णयको बन्दी बनेको सरकारकाे बिकल्प खाेज्नुपर्ने बिषय रहेकाे बिचार अति सान्दर्भिक छ। संबिधान र लाेकतन्त्रकाे रक्षाका लागि नेपाली काँग्रेसले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने सन्दर्भ निकाल्नु भएको बिषयलाई म सम्मान पूर्वक समर्थन गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर