झलनाथ खनालको मिर्गौलामा समस्या, तीन महिनाभित्र प्रत्यारोपण वा डायलाइसिस गर्नुपर्ने – Nepal Press

झलनाथ खनालको मिर्गौलामा समस्या, तीन महिनाभित्र प्रत्यारोपण वा डायलाइसिस गर्नुपर्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलामा समस्या देखिएको छ । चिकित्सकहरुले उनलाई तीन महिनाभित्र मिर्गौला प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको उनीनिकट स्रोतले बतायो ।

स्वास्थ्यमा समस्या आएपछि खनाल गत माघमा उपचारका लागि नयाँ दिल्ली पुगेका थिए । नयाँ दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा उनको मिर्गौला फेल भएको देखिएको थियो । पार्टीका शिर्ष नेताहरुलाई यस विषयमा खनालले जानकारी गराएका छन् ।

आज एमालेको केन्द्रीय समिति वैठकले असन्तुष्ट समूहका चार नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गर्यो । माधव नेपाल, भिम राव, सुरेन्द्र पाण्डे र घनश्याम भुषाालमाथि स्पष्टिकरण सोध्ने निर्णय हुँदा सो समुहका पहिलो वरियताका नेता खनाललाई भने जोगाइएको छ ।

जबकि खनाल पनि ओलीप्रति निकै आक्रामक देखिँदै आएका छन् । खनालको स्वास्थ्य संवेदनशीलताकै कारण उनीमाथि कारवाही नगर्ने मुडमा प्रधामन्त्री तथा पार्टी अध्यक्ष केपी ओली पुगेको स्रोतको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *