प्रतिनिधिसभाले विस्तारै लय समात्ने छ : सभामुख सापकोटा [भिडियो] – Nepal Press

प्रतिनिधिसभाले विस्तारै लय समात्ने छ : सभामुख सापकोटा [भिडियो]

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले विस्तारै लय समात्ने बताएका छन् ।

शनिबार जीपी कोइराला मेमोरियल(सामुदायिक) कलेजको आठौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताए ।

संसद छलफल, बहस, बादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उनले चुनौतीहरूको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपाय खोजिरहेको बताए। संसदको अनेकौ चुनौतीहरूको सामना गर्दै गुणस्तरीय कानुन निर्माणको लागि प्रयत्न गरिरहेको पनि उनको भनाइ छ ।

उनले भने, ‘अलिकति समस्या छन् । त्यसलाई लयमा फर्काउनको लागि बढी नै मेहेनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाईंहरूलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जीवन्त र जनमुखी हुने छ । हामीले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रण गरेका छौं । संसदको मुख्य काम कानुन निर्माण गर्ने हो । कानुन निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौं र त्यसपछि बनेको कानुनहरू कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरूबीच सहमती र सहकार्य हुन नसकेको भन्दै सहमतिका साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर