एमालेमा माधव नेपालमाथि कारवाही प्रक्रिया शुरु, दलको विधान केन्द्रीय कमिटीमा पठाइयो – Nepal Press

एमालेमा माधव नेपालमाथि कारवाही प्रक्रिया शुरु, दलको विधान केन्द्रीय कमिटीमा पठाइयो

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको गुटगत भेला गर्ने माधव नेपालसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

यो निर्णयसँगै माधव पक्षमाथि कारबाहीको प्रक्रिया अघि बढेको हो । शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।

‘संसदीय दलको विधान निर्णय गरेर केन्द्रीय कमिटीमा पठाइएको छ,’ महेश बस्नेतले भने, ‘त्यस्तै, संसदीय बोर्डमार्फत् कथित राष्ट्रिय भेला गर्नेलाई स्पष्टीकरण सोध्ने पनि आजको बैठकले निर्णय छ ।’


प्रतिक्रिया

One thought on “एमालेमा माधव नेपालमाथि कारवाही प्रक्रिया शुरु, दलको विधान केन्द्रीय कमिटीमा पठाइयो

  1. कोइ मान्छे मा केहि छ त्यो मान्छे को धेरै सत्त्रु हुन्छ|केपो ओलीमा केहि रहेछ त उनको बिरुद्द मा बोल्ने धेरै छन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर