माधव पक्षको पत्र बोकेर तीनजना सांसद बालुवाटारमा (पत्रसहित) – Nepal Press

माधव पक्षको पत्र बोकेर तीनजना सांसद बालुवाटारमा (पत्रसहित)

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा बसिरहेका बेला सिंहदरवारमा माधव नेपाल पक्षका सांसदहरुको भेला भएको छ । भेलाले दलको बैठकमा भाग लिनका लागि शर्त सहितको पत्र तयार पारेको छ ।

दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार,जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे बालुवाटार गएका छन् ।

आफूहरु दलको बैठकमा सहभागी हुन्नौं नभनेको तर त्यसका लागि विधान संशोधन लगायतका विषयमा सहमति होस भन्ने चाहेको सुनुवारले बताए ।

दलको बैठक एजेण्डासहित हुनुपर्ने,बालुवाटारको साटो सिंहदरवार वा संसद भवनमा होस भन्ने आफूहरुले आग्रह गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर