लिड्ससँग घरेलु मैदानमा फुल्ह्याम पराजित


काठमाडौं । लिड्स युनाइटेडले घरेलु टोली फुल्ह्यामलाई इङ्लिस प्रिमियर लिगमा शुक्रबार राति २-१ गोलको नतिजामा पराजित गरेको छ । फुल्ह्यामको मैदानमा भएको खेलको २९औं मिनेटमा प्याट्रिक ब्याम्फोर्डले गोल गर्दै भ्रमणकारी लिड्सलाई अग्रता दिलाएका थिए ।
त्यसको ९ मिनेट नबित्दै जोचिम एन्डरसनले गरेको गोलसँगै घरेलु टोली फुल्ह्यामले पहिलो हाफमा बराबरी गरेको थियो ।
तर, ५८औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सको अग्रता पुन: १-२ मा लम्ब्याएका थिए । निर्धारित ९० मिनेटसम्म सो अग्रताको बचाउ गर्दै लिड्सले तीन अंक आफ्नो पक्षमा पार्यो ।
जितसँगै २९ खेलबाट ३९ अंक जोडेको लिड्स लिग तालिकाको ११औं स्थानमा उक्लिएको छ । ३० खेलबाट २६ अंक जोडेको फुल्ह्याम १८औं स्थानमा छ ।