उद्याेगीलाई प्रधानमन्त्रीकाे आह्वान- निर्यातमूलक उद्योग खोल्नुस्, सरकारले सोचेभन्दा बढि सुविधा दिन्छ – Nepal Press

उद्याेगीलाई प्रधानमन्त्रीकाे आह्वान- निर्यातमूलक उद्योग खोल्नुस्, सरकारले सोचेभन्दा बढि सुविधा दिन्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने खालका उद्योग स्थापना गर्न उद्योगी-व्यवसायलाई आह्वान गरेका छन् ।

यसका लागि सरकारका तर्फबाट सबै सहुलियत र कानूनी प्रवन्ध सरकारले गर्ने उनले आश्वासन दिए । उद्योगी व्यवसायीसँग आज आयोजित अन्तरक्रियामा प्रधानमन्त्री ओलीले भने, ‘म आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । निर्यात खास व्यापार हो । उत्पादन गरेर पठाउनुस, सरकारले बढिभन्दा बढि सुविधा दिन तयार छ ।’

अटोमोबाइल्समा कर बढि भएको विषयमा व्यवसायीले गरेको गुनासो उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशभित्रै अटोमोबाइल्स उद्योग स्थापनाका लागि अघि बढ्न आग्रह गरे ।

ओलीले भने, ‘अटोमोबाइल्स यहीँ खोल्नुस, सोचेको भन्दा बढि सुविधा दिइन्छ । अहिले हामीलाई विदेशबाट सबै चिज आयात गर्दा घाटा परेको छ ।’

ओलीले भन्सार उच्च हुँदा पनि नेपालका सडकमा गाडी खचाखच भएको बताए ।

‘अहिले पनि बाटोमा खाँदाखाँद गाडी छन् । साँच्चै ट्याक्स हल्का गर्ने हो भने १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्थामा जसले पनि किन्न सक्छ । उस्तै परे म पनि किन्छु एउटा गाडी । अनि के होला ट्राफिक ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर