गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नेपाल सिफारिस – Nepal Press

गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा नेपाल सिफारिस

पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोगको अध्यक्ष नियुक्तिका लागि पूर्व सचिव विष्णु प्रसाद नेपाल  सिफारिस  भएका छन् । गण्डकी प्रदेश सरकारको प्रमुख सचिवबाट चैत २ गते अर्थात चार दिन अघि मात्रै अनिवार्य अवकास पाएका पूर्व सचिव नेपाललाई मूख्यमन्त्रीकाे अध्यक्षतामा रहेकाे सिफारिस समितिले अध्यक्षमा  सिफारिस गरेको हो ।

प्रमुख प्रतिपक्ष दलका नेता तथा सभामुख सदस्य रहेको समितिले अध्यक्षसहित एक सदस्यसमेत सिफारिस गरेको समितिका सदस्य, प्रमुख प्रतिपक्ष दलका नेता  कृष्णचन्द्र नेपालीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार एक सदस्यमा कल्पना लम्साल सिफारिस भएका छन् । लम्साल तनहुँ दमौलीमा रहेको आदिकवि भानुभक्त क्याम्पसका सहायक प्रमुख हुन् ।

तीन सदस्यीय प्रादेशिक लोक सेवा आयोगको एक सदस्य भने सिफारिस गर्न बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर