सरकारको सही कदमले कोरोना कहरबीच पनि अर्थतन्त्र चाँडै तंग्रियो– अध्यक्ष गोल्छा (भिडियो) – Nepal Press

सरकारको सही कदमले कोरोना कहरबीच पनि अर्थतन्त्र चाँडै तंग्रियो– अध्यक्ष गोल्छा (भिडियो)

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारको प्रभावकारी कदमका कारण कोरोना कहरबीच पनि नेपालको अर्थतन्त्र चाँडै तंग्एिको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँगै गरेको छलफल कार्यक्रममा बोल्दै उनले कोरोना महामारीबीच पनि नेपालको अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका हुन् ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानीका लागि रकमको माग बढ्नुले अर्थतन्त्र सुधारको संकेत दिएको भन्दै अध्यक्ष गोल्छाले राष्ट्र बैंकले ल्याएको पुनर्कर्जा कार्यविधिले नेपालका लघु, साना तथा मझौलालाई निकै राहत मिलेको बताए ।

सरकारले छिटै कोभिडविरुद्ध खोप ल्याएको प्रति आभार व्यक्त गर्दै उनले त्यसले व्यवसायी पनि उत्साहित भएको बताए । उनले भने– नेपालमा लगानी र व्यापारिक वातावरण बन्दै गएको छ । बैंकको तरलता घट्दै गएको छ । देश क्रमशः औद्योगिक बन्दैछ । यो सरकारको प्रभावकारी नीति र कामकै कारण भएको हो ।

उनले अझै कोरोनाका कारणले ४० प्रतिशत औद्योगिक क्षेत्र समस्यामा नै रहेको उनले बताए । पर्यटन क्षेत्र पनि समस्यामा रहेकाले त्यसलाई राहत हुने गरी सरकारले थप कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपाली उद्योगका लागि सहज व्यापार गर्न, पूर्वाधारमा लगानी बढाउन, स्वादेशी उत्पादनलाई बढाउन र निर्यात गर्न अझै प्रभावकारी सरकार नीतिको खाँचो रहेकोमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर