मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’ – Nepal Press

मुक्तिनाथ विकास बैंकको ‘होली सप्ताह अफर’

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले फागु पूर्णिमाको अवसरमा ‘ होली सप्‍ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तगत चैत ६ गतेदेखि १३ गतेभित्र मुक्तिनाथ बैङ्कको सामान्य बचत खाता खोलेमा १०० रुपैयाँमा मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने बैंकले जनाकारी दिएको छ ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यहि अफर समय अवधि भित्रमा नै दिनु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङको सुविधा निःशुल्क लिन सक्ने ब्यवस्था गरिएको बैंकले जनाएको छ ।

विकास बैङ्कले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैङ्कको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

त्यसै गरी मोबाइल बैंकिङ्, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैङ्कको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर