कविता हत्या प्रकरण: प्रेममा ‘इगो’ बढेपछि प्रेमीले हत्या गरेको खुलासा – Nepal Press

कविता हत्या प्रकरण: प्रेममा ‘इगो’ बढेपछि प्रेमीले हत्या गरेको खुलासा

सुर्खेत । एक वर्षअघि प्रेममा बढेको ‘इगो’कै कारण सल्यानकी कविता बोहोराको आफ्नै प्रेमीले हत्या गरेको रहस्य खुलेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको अनुसन्धान टोलीका अनुसार प्रेममा भएको इगोका कारण कृष्णबहादुर थापाले प्रेमी कविता बोहोराको हत्या गरेको खुलासा भएको हो ।

हत्या अभियोगमा पक्राउ परेका कृष्णबहादुरलाई जिल्ला अदालत सल्यानले चैत २ गते पुर्पक्षमा राख्न आदेश दिएको छ । उनलाई नेपालगन्जस्थित बालसुधार गृहमा ३ गते पठाइएको छ ।

कसरी भयो हत्या ?

घटना एक वर्ष अघिको हो । २०७६ साल फागुन २ गते राति त्रिवेणी गाउँपालिका–१ तत्लो काभ्राकी कविता बोहोराको हत्या भएको खबर प्रहरीले पायो । कवितालाई धारिलो हतियार प्रयोग गरेर मारिएको प्रहरीले ठम्यायो । तर, हत्या भएको लामो समय बित्दा पनि हत्यारा पहिचान हुन सकेको थिएन । हत्याराको पहिचान गर्न प्रहरीले धेरै अनुसन्धान पनि गरेको थियो तर पार भने लागेको थिएन ।

इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी निरीक्षक जगत दमाईको टोलीले घटनाको अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा सोही वडामा बस्ने कृष्ण बहादुर थापा, बल बहादुर बस्नेत, जित बहादुर बोहरा र हिमाल बोहरालाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो ।

घटनास्थलमा घटनास्थलमा मृतकको मोबाइल मात्र फेला परेको हुँदा अन्य प्रमाण भेटिएन । नियन्त्रणमा लएर ४ जनालाई छाडिदियो ।

घटनाको एकवर्षपछि प्रहरीले पत्ता लगायो हत्यारा

सल्यान प्रहरीले हत्यारा पत्ता नलगाएपछि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी नायव निरीक्षक नारयण प्रसाद शर्मा र प्रहरी सहायक निरीक्षक प्रेम प्रसाद शर्माको अनुसन्धान टोलीलाई घटनाको अनुसन्धान गर्न जिम्मा दिइएको थियो ।

मृतक कविताका परिवारले हत्यारा पत्ता लगाइ आवश्यक कारबाही गर्न भनेर बारम्बार कार्यालयमा धाइरहेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन नसकेको गुनासो बढदै गएपछि प्रदेश प्रहरीको ध्यानाकर्षण भएको थियो ।

अनुसन्धानको क्रममा पूर्व रिसिइवी र प्रेम सम्बन्धका कारण हत्या भएकोबारे प्रहरीले संकेत पायो । ‘अनुसन्धानको क्रममा प्रहरीले विगतमा परिवारसँग बोलचाल नभएका वा झगडा परेका, कवितालाई फोन तथा एसएमएस गर्ने ४१ जनालाई सोधपुछ गरेको थियो । सई प्रेम प्रसाद शर्माले भने, ‘२६ जनालाई लेखेर सोधपुछ गर्यौं ।’

कृष्ण बहादुर थापाले भने कविता बोहरालाई तिलक ओलीले हत्या गरेको भनेर लेखे । ‘कवितालाई बारम्बार फोन गर्ने, सँगै हिँड्ने, विवाह गर्छु भन्ने गरेको र तिलक अति नै फटाह गुण्डा केटो हा,’ कृष्णले लेखेका थिए । त्यसपछि प्रहरीले पप्पु डाँगी र बिनिता रकाललाई गते लुहाममा बोलायो ।

‘थापाले मृतक कविताको घर परिवार र हिमाल बोहराको घर परिवारसँग पानीको धाराको विषय र बाँस काटेको बिषयमा झगडा भई बोलचाल समेत बन्द भएकोले हिमालले कविताको हत्या गरेको भनी बयान बदले,’ सई शर्माले भने, ‘बयान बदलिँदा हामीलाई थप शंका लागेको थियो ।’

अर्को दिन बोलाउँदा कृष्णबहादुरले आफूले हत्या गरेको स्वीकार गरे ।

किन भयो कविताको हत्या ?

कृष्ण बहादुर र कविता बोहराको घर पाँच सय मिटरको दूरीमा छ । कविताको जग्गा कृष्णको परिवारले अधिया कमाएको कारण पहिलेखि नै उनीहरूबीच चिनजान थियो । कक्षा ७ मा पढ्ने बेलादेखि कृष्णले कवितालाई एकोहोरो प्रेम गर्थे । थापाले कवितालाई माया गरे पनि भन्न सकेका थिएनन् । उनले चिठ्ठी दिए । तर, कविताले जवाफ दिइनन् ।

कवितालाई फकाउन कहिलेकाहीँ उनको दिदीको छोरालाई चाउचाउ बिस्कुट किनिदिने गरेको, कविताको घरमा गई सहयोग गर्ने गरेको बयान कृष्णले प्रहरीलाई दिएका छन् ।

तर, कक्षा ९ मा कविताको अर्को साथीसँग प्रेम बस्यो । अर्को केटासँग प्रेम भएकै कारण नारी दिवसको दिन कृष्णले हत्या गरेको स्वीकारेका छन् ।

प्रहरीका अनुसार हत्या भएको दिन साँझ ६ बजे कृष्ण घर आए । राती कृष्णलाई निद्रा लागेन । ‘आफ्नो नहुने भए तिलकको पनि हुन दिदैन भनेर एघार बजे बिस्तराबाट उठी भान्सा कोठामा रहेको खुकुरी निकालें,’ कृष्णले बयानमा लेखेका छन् । त्यसपछि उनी कविताको घर पुगे । त्यसछि कवितालाई दुई पटक खुकुरीले हानेर उनी घर फर्किए । रगत लागेको खुकुरीलाई पखाली कपडामा पुछेर भान्साकोठामा लगेर राखेको उनले बताएका छन् ।

घटना भएको दिनयता कृष्ण स्कुल समेत नगएको प्रहरीले बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *