अनिष्काले गुहारिन् महावीर : मिस युनिभर्सलाई कस्ट्युम डिजाइन गर्दै आविष्कार केन्द्र – Nepal Press

अनिष्काले गुहारिन् महावीर : मिस युनिभर्सलाई कस्ट्युम डिजाइन गर्दै आविष्कार केन्द्र

काठमाडौं । महावीर पुन बैज्ञानिक आविष्कारले चर्चित छन् । कोरोना महामारीमा उनले पीपीइ र भेन्टिलेटर बनाए । अब भने फेसन डिजाइनिङमा जमर्को गर्दैछन् ।

आउँदो मे १६ मा अमेरिकामा हुने प्रतिष्ठित ब्यूटी पेजेन्ट मिस युनिभर्सको लागि महावीरले ड्रेस डिजाइन गर्ने भएका छन् । उक्त पेजेन्टमा नेपाली प्रतियोगी अनिष्का शर्माले भाग लिँदैछिन् । अनिष्काकै अनुरोधमा महावीरको राष्ट्रिय आविष्कार केन्द्रले कस्ट्युम डिजाइन गर्न लागेको हो ।

पर्वतारोही र सगरमाथाको झलक देखाउने गरि कस्ट्युम बनाउनुपर्ने भएकाले अनिष्काले महावीर गुहारेकी हुन् । स्टेजमा गएर स्वीच थिच्नेवित्तिकै पछाडि पट्टी आफै खोलिएर हिमाल देखाउनुपर्ने अवधारणाको कस्ट्युम अनिष्कालाई चाहिने रहेछ ।

महावीरले उक्त डिजाइनका लागि आवश्यक पर्ने इन्जिनियर र अस्थिपञ्जरको खोजी गरेका छन् । यो राष्ट्रिय पहिरनका लागि महावीरले फेसन डिजाइन र इन्जिनियरिङलाई जोड्ने अवधारणा बुनेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै महावीरले इलेक्ट्रोनिकल र मेकानिकल पक्षमा राष्ट्रिय आविष्कार केन्द्रले सहयोग गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर