जसपा कसैको कारण फुट्दैन, सही समयमा सही निर्णय लिन्छौं : राजकिशोर यादव – Nepal Press

जसपा कसैको कारण फुट्दैन, सही समयमा सही निर्णय लिन्छौं : राजकिशोर यादव

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले आफूहरू एकढिक्का रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै यादवले नयाँ सत्ता समीकरणका लागि आफूहरु निर्णायक भए पनि विभाजित नभएको बताए ।

यादवले भने, ‘हाम्रो बारेमा मिडियामा जसरी कुरा आएको छ कि जनता समाजवादी पार्टी अहिले निर्णायक छ । कोही यता, कोही उता होइन् जनता समाजवादी पार्टी एकढिक्का छ ।’

कसैको कारणले आफूहरु नफुट्ने भन्दै यादवले सही समयमा सही निर्णय लिने बताए। ‘कसैको कारणले हामी फुट्नेवाला छैनौं,’ उनले भने, ‘हामी लोभ लालचमा फस्नेवाला छेनौं । विवेकपूर्ण, देशको हितमा यो मुलुकलाई अगाडि बढाउनका लागि हामी सही समयमा सही निर्णय लिन्छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर