दक्षिणकालीको जंगलमा दुई युवकको शव भेटियो – Nepal Press

दक्षिणकालीको जंगलमा दुई युवकको शव भेटियो

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका -९ चाल्नाखेलमा दुई युवकको शव फेला परेको छ ।
चाल्नाखेलको जंगलमा दुई युवकको शव फेला परेको हो ।

घटनाबारे खबर हुने वितिकै महानगरीय प्रहरी परिसर काठमाडौंका टाेली र अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल तर्फ प्रस्थान गरेका छन् ।

एक घण्टा अघि दुई युवकको शव फेला परेको भन्ने जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी शुशील सिंह राठौरले नेपालप्रेसलाई बताए ।

उनले भने,‘टोली घटनास्थल पुगिसकेको छ । त्यसपछि थप जानकारी आउँछ । अहिलेसम्म हत्या होकी आत्महत्या खुलेको छैन ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर