नेपालपक्षीय किसान महासंघको भेलामा वामदेव, पार्टी एकताकै विषय उठान – Nepal Press

नेपालपक्षीय किसान महासंघको भेलामा वामदेव, पार्टी एकताकै विषय उठान

काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्षीय अखिल नेपाल किसान महासंघको भेलामा नेता वामदेव गौतम पनि सहभागी भएका छन् ।

यसअघि नेकपा र अहिले एमाले एकताको अभियान चलाइरहेका गौतम धोबीघाटस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना भइरहेको महासंघको भेलामा उपस्थित भएका हुन् । गौतम महासंघका अध्यक्षसमेत हुन् ।

भेलालाई सम्बोधन गर्दै उनले आफू पार्टी एकताकै पक्षमा रहेको बताए। ‘म एकताको पक्षमा छु भन्ने सन्देश मैले दिइरहेको छु,’ उनले भने, ‘यो पार्टी एकताको निम्ति पनि यो अभियान हुन सक्छ । त्यो एकताको पक्षमा किसान महासंघ हुनुपर्छ ।’

नेकपामा पनि आफू एकताको पक्षमा रहँदा दुवै पक्षको आँखाको तारो भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर