कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको शिक्षामा सघाउने, छात्रवृत्तिदेखि स्कुल बनाउनेसम्म – Nepal Press

कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको शिक्षामा सघाउने, छात्रवृत्तिदेखि स्कुल बनाउनेसम्म

काठमाडौं । चर्चित दक्षिण कोरियाली पप ब्यान्ड ‘ट्रेजर’ले नेपालको दुर्गम क्षेत्रको लागि शैक्षिक सहयोगको घोषणा गरेको छ । ‘ह्याप्पी बिन’ नामक अनलाइन डोनेसन अभियानमार्फत उक्त पप ब्यान्डले सहयोग गर्ने जनाएको के–पप स्टार म्यागजिनले जनाएको छ ।

पप ब्यान्ड ट्रेजर सहयोगका लागि मुजु-वाइजी फाउन्डेसन र उम होङ गिल फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ । ह्याप्पी बिनले बचत भएको रकमलाई सामाजिक सहयोगमा लगानी गर्दै आएको छ ।

‘नेपाली बालबालिका र प्रौढको लागि खुलेको विद्यालयमा उक्त सहयोग लक्षित हुनेछ’ म्यागजिनले उल्लेख गरेको छ । लक्षित विद्यालयमा कुर्सी, कालोपाटी र छात्रवृत्ति व्यवस्थापनमा सहयोग हुने जनाइएको छ । शेर्पा समुदायका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।

मुजु वाइ–जी फाउन्डेसनले सन् २०१५ देखि म्युजिक थेरापी परियोजना संचालन गरिरहेको छ । फाउन्डेसनले भनेको छ– हामी नेपाललाई सानो सहयोग गर्न चाहन्छौं जहाँको विद्यालयको निर्माण कोरोनाभाइरसको परिस्थितीले गर्दा ढिलिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर