कोरोनाविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकको ८ अर्ब ७० करोड ऋण – Nepal Press

कोरोनाविरुद्ध खोप खरिद गर्न नेपाललाई विश्व बैंकको ८ अर्ब ७० करोड ऋण

काठमाडौं । विश्व बैंकले नेपाललाई कोरोनाविरुद्ध खोप खरिद गर्न ७.५ मिलियन अमेरिकी डलर अर्थात ८ अर्ब ७० करोड रूपैयाँ ऋण दिने भएको छ ।

नेपालमा कोरोना महामारीविरुद्ध प्रभावकारिता कायम गर्न र यसले एक तिहाई जनसंख्यालाई खोप पुग्ने भएकाले खोपको वितरण समतामूलक हुने विश्व बैंकले विश्वास लिएको छ ।

७२ प्रतिशत जनसंख्यामा खोप पुर्‍याउने सरकारी योजनाको सहयोगका लागि विश्व बैंकले उक्त ऋण दिन लागेको हो ।

विश्व बैकले नेपालबाहेक बंगलादेशलाई ५० मिलियन र अफगानिस्तानलाई ६ करोड अमेरिकी सहायता उपलव्ध गराउन लागेको जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर