आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल, सात नाटक मञ्चन हुने – Nepal Press

आइतबारदेखि बुद्ध थिएटर फेस्टिभल, सात नाटक मञ्चन हुने

काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले बुद्ध थिएटर फेस्टिभल आयोजना हुने भएको छ ।

डबली थिएटरले बागमती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको फेस्टिभल चैत आठदेखि सुरु भएर चैत्र १४ गतेसम्म चल्नेछ ।

डबली थिएटरका निर्देशक पुष्कर गुरुङले फेस्टिभलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गरी ७ नाटकको मञ्चन एवं चर्या नृत्य तथा कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

फेस्टिभलमा भारत र हङकङका एक–एक नाटक छन् भने बाँकी ५ नाटक नेपालकै हुन् । उनका अनुसार ८ गते भारतीय नाटक निर्देशक दानी करमाकर निर्देशित ‘तथागत’सँगै फेस्टिभलको उद्घाटन हुनेछ भने अन्तिम दिन वीरेन्द्र हमालको निर्देशन रहेको ‘प्रतीज्ञा समुद्पाद’ मञ्चन हुनेछ ।

फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’, निशा पाख्रिनको निर्देशन रहेको ‘ट्यागमोलहुइजिन’ सुदीपजंग कार्कीको निर्देशन रहेको ‘मालिनी’, म्यान लीको निर्देशन रहेको ‘सिद्धार्थ इन हङकङ’ , सुदीप डंगोलको निर्देशन रहेको ‘विम्बको सपना’ मञ्चन हुनेछन् ।

आयोजक डबली थिएटरले रंगमञ्चको माध्यमबाट बुद्ध दर्शन तथा ज्ञान सम्पे्रषण गर्न केही वर्षयता बुद्ध थिएटर फेस्टिभल आयोजना गर्दे आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *