स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक – Nepal Press

स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक

काठमाडौं । ट्रान्सपरन्सी इन्टरनेशनल (टीआई) नेपालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दुई अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक सेवाको गुणस्तरमा बृद्धि हुनुपर्ने, मूल्य र गुण्स्तरको अनुगमन नियमित हुनुपर्ने, खरिद प्रक्रियाका तथ्यांकको पारदर्शीतामा देखिएको कमीलाई सुधार्नुपर्ने जस्ता विषय प्रतिवेदनमा उठान गरिएका छन् ।

संघीय व्यवस्थाका साथै बागमती र प्रदेश २ केन्द्रित यी अध्ययनले खुला करारको अभ्यास मार्फत नेपालको स्वास्थ्य सेवामा सुधार ल्याउनकालागि स्वास्थ्य सेवा प्रदायक ब्यवसायी, सरकारी निकाय र नागरिक समाजले आफ्नो भूमिका बढाउनु पर्ने कुरा इंगित गरेको छन्।

स्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सार्वजनिक खरिदमा पारदर्शिताकासाथै नियमन निकाय र नागरिक स्तरबाट समेत नियमित रुपमा खवरदारीको आवश्यक रहेको विज्ञले जोड दिएका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचीव श्री दामोदर रेग्मी, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक सुबासचन्द्र शिवाकोटी, स्वास्थ्य ब्यवस्थापन शाखाका निर्देशक डा. भिमसिंह तिन्करी, प्रमुख अनुसन्धानकर्ता तथा टीआई नेपालका पदाधिकारीबाट संयुक्त रुपमा उक्त प्रतिवेदन सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *