फ्राइडे रिलिज : माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला – Nepal Press

फ्राइडे रिलिज : माओत्सेको ‘शिरसुवा’ प्रदर्शन हुँदै, अनलाइन बुकिङ खुला

काठमाडौं । अभिनेता समेत रहेका माओत्से गुरुङ निर्देशित फिल्म ‘शिरसुबा’ शुक्रबार प्रदर्शन हुने भएको छ । रिलिजको पूर्वसन्ध्यामा अनलाइट टिकट खुला भएको छ ।

पोखराको मल्टिप्लेक्स मिडटाउन ग्यालेरियामा फिल्म प्रदर्शन हुन लागेको हो । कोरोनाभाइरस महामारीपछि गुरुङ फिल्महरु नियमितरुपमा व्यवसायिक थिएटरमा रिलिज भैरहेका छन् ।

बिमल गुरुङको निर्माण, माओत्सेको निर्देशन र सुसन प्रजापतिको सिनेम्याटोग्राफी रहेको फिल्म शिरसुबा नामक एक गुरुङ युवतीको कथावस्तुमा आधारित छ ।

शंकर र शिरसुवा नामक दुई पात्रको प्रेम वरपर फिल्म घुम्छ । बाध्यताले प्रेमी बिदेशिँदा प्रेममा सिर्जना हुने विछोड यसको कथ्य हो । प्रेममा वैदेशिक रोजगारीको प्रभाव फिल्मले प्रस्तुत गर्छ ।

मूलधारको नेपाली भाषी फिल्ममा समेत स्थापित माओत्सेले एकसाथ गुरुङ भाषी फिल्ममा समेत सक्रियता देखाइरहेका छन् । च्यारिटी प्रदर्शन शैलीमा अभ्यस्त गुरुङ फिल्मलाई मेनस्ट्रिम दर्शकमाझ लैजान भाइरस प्यान्डेमिकपछि गुरुङ फिल्म एसोसिएसनले हलमा रिलिज गरेको हो ।

जिफानले कम्तीमा १५ फिल्मको लाइनअप घोषणा गरिसकेको छ । उसले आगामी वर्षमा अन्तर्राष्ट्रिय बजारको खोजी गर्ने र गैरगुरुङ दर्शक खोज्ने उद्देश्य पनि लिएको छ । अध्यक्ष भोज गुरुङले हलमा नियमित प्रदर्शन परिवर्तनको प्रस्थानविन्दु भएको बताए ।

शुक्रबारै जोन अब्राहम र इमरान हासमी अभिनित बलिउड क्राइम ड्रामा ‘मुम्बइ सागा’ पनि देशव्यापी प्रदर्शनमा आउँदैछ । सन् ८० र ९० को दशकमा भारतको आर्थिक राजधानी मुम्बइमा भएको रुपान्तरणको कथावस्तुमा फिल्म आधारित छ । अहिले फिल्म हलहरुमा गतवर्षको अस्कर अवार्डमा चर्चित फिल्म ‘१९१७’ प्रदर्शनरत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर