प्रतिनिधिसभा बैठक भोलि, प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्ने – Nepal Press

प्रतिनिधिसभा बैठक भोलि, प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि बस्ने भएको छ । दिउँसो १ बजेका लागि तय भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्नेछन् ।

त्यस्तै बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *