सूचना तथा प्रसारण विभाग, राष्ट्रिय किताबखाना र यातायात व्यवस्था विभागका महानिर्देशक फेरिए – Nepal Press

सूचना तथा प्रसारण विभाग, राष्ट्रिय किताबखाना र यातायात व्यवस्था विभागका महानिर्देशक फेरिए

काठमाडौं । सूचना तथा प्रसारण विभाग, राष्ट्रिय किताबखाना र यातायात व्यवस्था विभागमा नयाँ महानिर्देशक आएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहसचिव गोगनबहादुर हमाललाई सूचना तथा प्रसारण विभागको महानिर्देशकमा नियुक्त गरेको छ ।

नेत्रप्रसाद सुवेदी राष्ट्रिय किताबखानाको महानिर्देशकमा नियुक्त भएका छन् । सहसचिव नमराज घिमिरेले यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् ।

यसअघि हमाल यातायात व्यवस्था विभागको महानिर्देशक, सुवेदी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक र घिमिरे मकवानपुरको हेटौडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *