जसपा कार्यकारिणी समिति बैठक स्थगित – Nepal Press

जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको छ ।

आज बस्ने भनिएको बैठक तयारी नपुगेका कारण स्थगित भएको जनाइएको छ । बैठकमा सम्भावित सत्ता समीकरण, दलहरुसँग भएको छलफलको समीक्षा र पार्टी समायोजनबारे छलफल गर्ने कार्यसूची थियो ।

जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने वा नखोज्ने भन्नेमा विवाद रहँदै आएको छ । अध्यक्ष महन्थ ठाकुर पक्ष पार्टीका मागहरु पूरा भए ओलीसँगै सहकार्य गर्नुपर्ने पक्षमा छन् ।

अर्का अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई लगायत भने वर्तमान सरकारको विकल्प खोज्नेगरी कांग्रेस र माओवादीसँग गठबन्धन गर्नुपर्ने पक्षमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर