माधव नेपाल पक्षको राष्ट्रिय भेला आज पनि, तीन महिने अभियान घोषणा हुँदै – Nepal Press

माधव नेपाल पक्षको राष्ट्रिय भेला आज पनि, तीन महिने अभियान घोषणा हुँदै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष तीन महिने अभियान लिएर तल्लो तहसम्म जाने भएको छ ।

बुधबारदेखि ललितपुरमा शुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाले तीन महिने अभियानका कार्यक्रम पारित गरेपछि केन्द्रदेखि वडासम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भएका छन् । भेला आज सम्पन्न हुँदैछ ।

अध्यक्ष केपी ओलीले नेपाल प्रेससँगको अन्तर्वार्ताका क्रममा अब एमालेमा गुटसँग कुनै पनि संवाद नहुने र माधव नेपालबाट कारवाही शुरु हुने बताएपछि पार्टी एकताको सम्भावना टर्दै गएको निश्कर्ष नेपाल पक्षले निकालेको छ ।

भेलाले पार्टी फुटाउने वा अर्को केन्द्रीय कमिटी बनाउनेबारे अहिले कुनै निर्णय नगर्ने एक नेताले जानकारी दिए । तर तल्लो तहसम्म भेला, बैठक, प्रशिक्षण र पार्टी कार्यालयहरु सञ्चालनको क्रम अघि बढाइने र यो तीन महिनासम्म चल्ने ती नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर