दुई प्रहरी अधिकारी ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’बाट सम्मानित – Nepal Press

दुई प्रहरी अधिकारी ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’बाट सम्मानित

काठमाडौं । नेपाल प्रहरीका दुई अधिकारीले ‘एशिया पर्यावरण प्रवर्तन अवार्ड’ले सम्मानित भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर चारमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र सिंह जोहारी अर्वाडबाट सम्मानित भएका हुन् । संयुक्त राष्ट्रसङ्घको पर्यावरण कार्यक्रमअन्तर्गत अन्तरदेशीय वातावरणीय अपराधविरुद्धको कार्यमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै उनीहरुलाई अवार्ड प्रदान गरिएको ब्यूरोले जनाएको छ ।

गत फागुनमा भर्चुअलसभामार्फत उक्त अवार्ड घोषणा गरिएकोमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार एक समारोहका ब्यूरोका निर्देशक समेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजीपी) सहकुल थापाले अवार्ड प्रदान गरेका हुन् । पुरस्कृत हुने प्रहरी कर्मचारीलाई बधाई दिँदै थापाले उक्त पुरस्कारले प्रहरी कर्मचारीको मनोबल उच्च बनाएको र अन्तरराष्ट्रिय जगतमा सङ्गठनको गरिमा बढाएको बताए ।

२०६२ भदौ १६ गते रसुवा साविक स्याफ्रु गाविस– ९ बाट पाटे बाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २ सय ३८ थान र बाघको हड्डी १ सय १३ केजी आखेटोपहारसमेत बरामद भएको मुद्दामा शुरुदेखि नै फरार रहेका मुख्य अभियुक्त पक्राउ गरेकाले उक्त अवार्ड प्राप्त गरेको जनाइएको छ ।

हुम्लाका ५० वर्षका कुञ्जोक छिरिङ तामाङलाई २०७७ असार ११ गते ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौँको बौद्धबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवामा बुझाएको थियो ।

एशियामा अन्तर्देशीय वातावरणीय अपराधका विरुद्धमा कार्य गर्ने सरकारी कार्यालय, संस्था, व्यक्ति तथा समूहलाई सार्वजनिक रुपमा उक्त अवार्ड वितरण दिइदै आएको छ । यसअघि पनि ब्यूरोले सन् २०१८ मा अवार्ड प्राप्त गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर