माओवादीका केन्द्रीय सल्लाहकार शेर्पा एमालेमा प्रवेश – Nepal Press

माओवादीका केन्द्रीय सल्लाहकार शेर्पा एमालेमा प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य प्राध्यापक श्यामसुन्दर शेर्पा नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर शेर्पा एमाले प्रवेश गरेका हुन् ।

शेर्पालाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । माओवादी आन्दोलनको अब औचित्य नरहेको भन्दै शेर्पाले प्रचण्ड फेरि पनि एमालेकै नेतृत्वमा फर्किने दावी गरे ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई असफल पार्न र हटाउन प्रचण्डले एमालेभित्र समिकरण बनाउन खोज्दा आफैं झन् कमजोर बनेको आरोप शेर्पाले लगाए । संखुवासभाका शेर्पा २०६४ सालअघि एमालेमै थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर