मतदाता नामावली अद्यावधिक गर्दा ८ लाख मतदाता थपिए (कहाँ कति मतदाता ?) – Nepal Press

मतदाता नामावली अद्यावधिक गर्दा ८ लाख मतदाता थपिए (कहाँ कति मतदाता ?)

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्याविधक गर्दा ८ लाख मतदाता थपिएका छन् । यस अघि १ करोड ५४ लाख मतदाता रहेकोमा अद्यावधिक मतदाता नामावली ८ लाख थपिएर मतदाताको संख्या १ करोड ६२ लाख ४३ लाख १ सय १० पुगेको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयोगले माघ १५ गतेदेखि सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रम २०७७ अनुसार मतदाताको संख्या बढेको आयोगका प्रवक्ता समेत रहेका सहसचिव राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए ।

मतदाता नामावली अद्यावधिक गर्दा मतदाताको संख्या बढेपनि मतदान स्थलको संख्या भने घटेको छ । यस अघि १० हजार ६ सय ७१ मतदान स्थल रहे पनि मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम २०७७ सञ्चालन पनि ११ मतदान स्थल घटेर मतदान स्थलको संख्या १० हजार ६ सय ६० पुगेको हो ।

आयोगले पुस ५ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएका र त्यसै मितिसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाता नामावली अद्यावधिक कार्यक्रमबाट कायम रहेका मतदातालाई मतदान स्थलमा आवद्ध गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको हो ।

साथै पुष ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धी कार्य पनि चैत्र ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सम्बन्धी कार्य सुचारू गर्ने निर्णय पनि भइसकेको आयोगले जनाएको छ ।

आयोगकोे फागुन चार गतेको निर्णयानुसार कायम भएको अन्तिम मतदाता नामावली तथा मतदान स्थल सम्बन्धी जिल्लागत संख्यात्मक विवरण देहाय बमोजिम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर