टोखामा युवकको हत्या गरेर फरार भएका अभियुुक्त पक्राउ – Nepal Press

टोखामा युवकको हत्या गरेर फरार भएका अभियुुक्त पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले टोखा नगरपालिका ३ का सुर्य दर्शनहाईटका २३ वर्षीय आशिष लिम्बुको हत्यामा संलग्न ३ जना लाई पनि सार्वजनिक गरेको छ ।

लिम्बुको हत्यामा संलग्न मोहम्मद कासिम मञ्सुरी, शेख अवदुल आलम र भुपेन्ँद्र कुमार शाहलाई सार्वजनिक गरिएको हो ।

उनीहरुसंग आशिषको झैझगडा भएको र त्यही रिसिइवीमा हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले फागुन २९ गते टोखा मालुङको बाँसको झ्याङमा तन्नामा पोको पारी फालेको अवस्थामा आशिष लिम्बुको शब फेला पारेको थियो । घटनाका दोषी उपर अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *