समर्थन फिर्ताको निर्णय मान्दैनौंः प्रकाश ज्वाला – Nepal Press

समर्थन फिर्ताको निर्णय मान्दैनौंः प्रकाश ज्वाला

काठमाडौं । कर्णालीमा नेकपा एमालेको संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिएपछि पार्टीको अर्को गुटले आपत्ति जनाएको छ ।

माधव नेपालपक्षीय नेता तथा मन्त्री प्रकाश ज्वालाले सामाजिक सञ्जालमार्फत यो प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको बताएका छन् ।

ज्वालाले निर्णयप्रति असहमति जनाउँदै लेखेका छन्, ‘औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ । यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौ । कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं ।’

कर्णाली प्रदेश सरकारप्रति एमाले प्रदेशसभा दलको समर्थन कायमै रहेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर