कर्णालीका मुख्यमन्त्री भन्छन्- सदनबाट विश्वासको मत लिन्छु – Nepal Press

कर्णालीका मुख्यमन्त्री भन्छन्- सदनबाट विश्वासको मत लिन्छु

सुर्खेत । प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ ।

एमालेको सो निर्णयमा प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले सदनबाट विश्वासको मत लिने बताएका छन् ।

‘लोकतन्त्रमा समर्थन दिने, लिने कुरा सामान्य हुन् । उहाँहरूले समर्थन फिर्ता लिएको खण्डमा म सदनबाट विश्वासको मत लिन्छु,’ उनले भने, ‘त्यसका लागि हामी मानसिकरुपमा तयार छौं ।’

एमालेले भोलि चैत ५ गतेबाट लागू हुने गरी सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमालेको संसदीय दलका नेता यामलाल कँडेलले आफ्नो पार्टीले समर्थन झिकेसँगै सरकार कामचलाउमा परिणत हुने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *