उद्यमशीलता विकासका लागि राष्ट्रिय युवा परिषद्ले बिना ब्याज तीन लाख रुपैयाँ दिने – Nepal Press

उद्यमशीलता विकासका लागि राष्ट्रिय युवा परिषद्ले बिना ब्याज तीन लाख रुपैयाँ दिने

भक्तपुर । सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशीलता तथा वित्तीय साक्षरता तालीम शुरु भएको छ ।

राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेडको आयोजनामा चैत ३ गते देखि ९ गतेसम्म सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा वित्तीय साक्षरता तालीम कार्यक्रम शुरु भएको हो ।

यस कार्यक्रममा १० समूहमा ३७० युवाको सहभागिता रहेको राष्ट्रिय युवा परिषद्ले जानकारी दिएको छ । तालीम सम्पन्न भएपछी उनीहरुले प्रस्तुत गरेको व्वासायिक योजनाका आधारमा नेपाल बैंक लिमिटेडले तीन सय जनालाई बिना ब्याज तीन लाख रुपैयाँ बाराबरको सहुलियतपूर्ण कर्जा उपलव्ध गराउने परिषद्ले जनाएको छ ।

प्रभावकारी सहुलियतपूर्ण कर्जा कार्यन्वनका लागि परिषद्ले युवा र बैंकलाई जोडनुका साथै युवाको व्यवसाय प्रस्तावनाको आधारमा कर्जा प्रवाह गरिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले बताए ।

नेपाल बैंक लिमिटेडका डिपुटी सीईयो प्रकाश अधिकारीले आवश्यक कागजपत्र तथा प्रकृया पूरागरी आएका प्रस्ताव हेरेर कर्जा उपलव्ध गराइने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर