दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमा सीमित – Nepal Press

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्बमा सीमित

काठमाडौं । केही समयदेखि ओरालो लागेको नेप्से परिसूचक आज भने दोहोरो अंकले बढेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक ४० दशमलव ४० अंकले बढेर २४३२.१५ विन्दुमा रोकिएको छ । आज सेन्सेटिभ परिसूचक पनि ८.११ अंकले बढेको छ ।

आज सबै समूहको नेप्से परिसूचक हरियो भएको छ । आज नेप्से ८६ लाख २६ हजार ६६७ कित्ताको किनबेचमा तीन अर्ब ३७ करोड ४५ लाख ५२ हजार १८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज पनि चन्द्रागिरि हिल्सको शेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । त्यसैगरी पाँचओटा अन्य कम्पनी  जोसी हाइड्रोपावर, ग्लोबल हेल्थ लिमिटेडलगायतको शेयर मूल्य नौ प्रतिशतभन्दा माथिले बढेको छ ।

यसैगरि आज सबैभन्दा धेरै शेयर कारोबार नेपाल इन्फ्रास्ट्रकचर (नीफ्रा) बैंकको भएको छ । नीफ्राको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार १८ करोड रुपैयाँको भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर