एमालेले बोलायो संसदीय दलको बैठक, माधव पक्ष नजाने – Nepal Press

एमालेले बोलायो संसदीय दलको बैठक, माधव पक्ष नजाने

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

तर, संसदीय दलको बैठकमा माधव पक्ष भने नजाने भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा जारी माधव पक्षीय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले भोलि डाकिएको संसदीय बैठकमा सहभागी नहुने उद्घोष गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर