माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदै – Nepal Press

माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदै

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेला आज शुरु हुँदैछ । ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा आज र भोलि आयोजना हुने भेलामा देशभरका २ हजार भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने एमालेका सचिव योगेश भट्टराईले बताए ।

माधव नेपाल पक्षको भेलामा अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाइने र लिखित दस्तावेजमाथि छलफल पनि हुने नेताहरुले बताएका छन् ।

माधव नेपाल पक्षले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।

संस्थापन पक्षले फागुन २८गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल पक्षको छ । यसबीचमा दुवै पक्षबीच वार्ता भएपनि सोही विििषयमा कुरा मिलेको छैन ।

यसैबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आजको भेलामा सहभागी नहुन कार्यकर्तालाई आह्वान गरेका छन् । भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारवाही गरिने चेतावनी समेत महासचिव पोखरेलले विज्ञप्तिमार्फत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर