आई क्याँसलाई डिजिटल भुक्तानी सेवाप्रदायकको अनुमति – Nepal Press

आई क्याँसलाई डिजिटल भुक्तानी सेवाप्रदायकको अनुमति

काठमाडौं । आई क्याँस प्रा.लिले डिजिटल भुक्तानी सम्बन्धी कारोबारको अनुमति पाएको छ ।

नेपाल राष्ट्र बैंकले गत साउन ४ गते दर्ता भएको यस संस्थालाई डिजिटल भुक्तानी सेवा प्रदायकको रूपमा कारोबार गर्न इजाजत दिएको हो ।

क्यासलेस अर्थतन्त्र निर्माण र सरकारको डिजिटल नेपाल निर्माण फ्रेमवर्कलाई यसले सहयोग पुर्‍याउने अध्यक्ष दीपेन्द्र विष्टले विश्वास जनाए । प्रमुख कार्यकारी अधिकृत पद्म भट्टराईले डिजिटल बैंकिङको रूपमा अगाडी बढ्ने कम्पनीको लक्ष्य रहेको जानकारी दिए ।

एण्ड्रोइड, आईओएस स्टोरहरूबाट एप्लिकेसन डाउनलोड गरी साथै वेबसाइटमार्फत पनि कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर