झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम तीन अर्बमा सीमित – Nepal Press

झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम तीन अर्बमा सीमित

काठमाडौं । केही समयदेखि घटेको शेयर बजारको नेप्से परिसूचक मंगलबार भने झिनो अंकले बढेको छ । आज भएको कारोबारमा नेप्से परिसूचक २ दशमलव ५६ अंकले बढेको हो ।

आज नेप्से परसूचक ० दशमलव ११ प्रतिशतले बढ्दै २३९१ दशमलव ७४ विन्दुमा रोकिएको छ । आज भएको ९० लाख १२ हजार ८५३ कित्ताको शेयर किनबेचमा ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ, होटल तथा टुरिजम, फाइनान्स, माइक्रो फाइनान्स, जीबन बीमा, लगानी समूहको परिसूचक बढेको छ भने अन्य समूहको परिसूचक घट्न पुगेको छ । आज नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सबैभन्दा धेरै १९ करोड रुपैयाँ बराबरको भएको छ ।

यसैगरी अपर तामाकोशीको १८ करोड, नेपाल इन्फ्रास्ट्रकचर १७ करोड रुपैयाँ बराबरको शेयर  कारोबार भएको छ ।

आज पनि चन्द्रागिरि हिल्सको शेयर मूल्य साविक झैं करीब १० प्रतिशतले बढेको छ । यसैगरी आज जोसी हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर