बल्खुकाे सुकुम्बासी बस्तीमा महिलाको हत्या – Nepal Press

बल्खुकाे सुकुम्बासी बस्तीमा महिलाको हत्या

काठमाडौं । काठमाडौं महानगरपालिका- १४ बल्खु सुकुम्बासी बस्तीमा एक महिलाको हत्या भएको छ ।

सुकुम्बासी बस्तीमा बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमबार शव फेला परेको हो। उनको बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको थियो ।

सापकोटाको शव उनकै घर छेउमा हत्या गरेर बोरामा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उनको श्रीमानले हत्या गरेर फरार भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हाल फरार मृतकका श्रीमानको खोजी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर