मार्क्सवादी विद्वान माणिकलाल श्रेष्ठ रहेनन् – Nepal Press

मार्क्सवादी विद्वान माणिकलाल श्रेष्ठ रहेनन्

काठमाडौं । प्रख्यात मार्क्सवादी चिन्तक प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । बाँसबारीस्थित न्यूरो अस्पतालमा आज बिहान उनको निधन भएको हो ।

केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । श्रेष्ठ लामो समयदेखि अस्वस्थ थिए । निमोनिया लगायत विभिन्न रोगहरुले ग्रस्त उनलाई लामो समयसम्म सोही अस्पतालमा उपचार गरिएको थियो ।

नेपालको वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व श्रेष्ठ लामो समयदेखि प्राध्यापन पेशामा सक्रिय थिए । संवैधानिक कानूनमा स्नातक गर्ने उनी पहिलो व्यक्ति हुन् । ‘माणिक सर’नामले उनी परिचित थिए ।

श्रेष्ठकी धर्मपत्नी सुशीला श्रेष्ठ (शिलु सिंह) को १० महिनाअघिमात्रै निधन भएको थियो । उनी सर्वोच्च अदालतको न्यायाधीश थिइन् । माणिकका दुई छोराहरू डा. मलखलाल श्रेष्ठ र डा. सितुलाल श्रेष्ठ छन् ।


प्रतिक्रिया

One thought on “मार्क्सवादी विद्वान माणिकलाल श्रेष्ठ रहेनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *