माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, आजै पत्रकार सम्मेलन – Nepal Press

माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, आजै पत्रकार सम्मेलन

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले बुधबार र बिहीबारको राष्ट्रिय भेलाका प्रस्ताव तथा योजना बनाउन स्थायी कमिटी बैठक बोलाएको छ । आज बस्ने बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपपछिका योजना तय गर्ने एक नेताले बताए ।

एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सन्चालन गर्ने तयारी नेपाल पक्षको छ ।

सोमबारको वार्ता फलदायी नभएपछि नेपाल पक्षले आफ्नो समूहमा रहेका केन्द्रीय सदस्य र सांसदहरुको भेला गरेको थियो । सो भेलामा एमालेमा एकताबद्ध भएर जाने सम्भावना कमजोर भएको निष्कर्ष निकालिएको थियो ।

यसैबीच बुधबारको भेलाको बारेमा जानकारी दिन नेपाल पक्षले आजै अपराह्न पत्रकार सम्मेलन आयोजना गरेको छ । नेपाल पक्षको भेला ललितपुरको हेरिटेज ब्याक्वेटमा हुँदैछ । भेलामा ३ हजार भन्दा बढी कार्यकर्ता सहभागी हुने केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर