एमालेमा तीन गुट, वामदेव पक्षको एकता अभियान बैठक आज बस्दै – Nepal Press

एमालेमा तीन गुट, वामदेव पक्षको एकता अभियान बैठक आज बस्दै

काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्षबीच फेरि विभाजनको अभ्यास चलिरहेका बेला वामदेव गौतम पक्षले अलग्गै बैठक बोलाएको छ ।

साबिक नेकपा विभाजनपछि गौतमको नेतृत्वमा गठित पाार्टी एकता राष्ट्रिय अभियानको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्न लागेको हो । बिहान ११ बजे बल्खुको सिद्धिगणेश पार्टी प्यालेसमा गौतम पक्षको बैठक बस्दैछ ।

यसअघि नेकपा एकताका लागि गठित यो अभियान अब एमाले एकता अभियानमा रुपान्तरित भएको छ । गौतम एमालेका उपाध्यक्ष हुन् । उनले फागुन २८ गते अध्यक्ष केपी ओलीले गरेको निर्णयप्रति आपत्ति जनाएका छन् ।

तर गौतम माधव नेपाल पक्षको भेला बैठकमा पनि सहभागी छैनन् । गौतमको पक्षमा केन्द्रीय कमिटीमा हरि पराजुली एकजना सदस्य छन् भने संसदीय दलमा उनी आफैं र पत्नी तुलसा थापा गौतम सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर