सेयर बजारमा गिरावटको श्रृङ्खला जारी रहेपनि रोकिएन चन्द्रागिरिको उकालो यात्रा – Nepal Press

सेयर बजारमा गिरावटको श्रृङ्खला जारी रहेपनि रोकिएन चन्द्रागिरिको उकालो यात्रा

काठमाडौं । सेयर बजार परिसुचक नेप्सेमा १८.०७ अंकले घटेर २३८९.१९  बिन्दुमा कारोबार बन्द भएको छ । त्यस्तै ‘क’ बर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा समेत ५.०७ अंकले घटेर ४३०.०५ विन्दुमा पुगेको छ ।

आज २१२ कम्पनीका ९६ लाख  चार हजार ५२९ कित्ता सेयर खरिदबिक्रिबाट ४ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

१३ समूहको कारोबार भएको नेप्सेमा व्यपारिक समूहमा ५५.१ अंक , होटल तथा पर्यटन समूहमा ९०.९३ अंक, उत्पादन समूहको १०.२ अंक, सामूहिक लगानीकोष समूहको सामान्य अंक र लगानी समूह ०.५३ अंक बाहेकका अन्य समूहगत परिसूचकमा गिरावट आएको छ ।

सबैभन्दा धेरै नीर्जीवन बीमा समूह १९२.०५ र जीवन बीमा समूह १२१.०६ अंकले घटेको छ । आज पनि चन्द्रागिरि हिल्स लगानीकर्ताले सबैभन्दा धेरै ९.९५ प्रतिशतले कमाएका छन् ।

चन्द्रागिरि हिल्स कम्पनीको सेयर लगातार रुपमा बढ्दै ९ सय ७२ रुपैयाँ मूल्य कायम भएको छ । हिमालय पावर पार्टनरका लागानीकर्ताले आज सबैभन्दा धेरै ६.२५ प्रतिशतले गुमाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर