पर्यटन प्रवर्द्धनमा हाई नेपालको प्रयास, प्याकेजमा र्‍याफ्टिङदेखि प्याराग्लाइडिङसम्म – Nepal Press

पर्यटन प्रवर्द्धनमा हाई नेपालको प्रयास, प्याकेजमा र्‍याफ्टिङदेखि प्याराग्लाइडिङसम्म

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनका लागि हाई नेपाल प्रालिले विभिन्न प्याकेजसहितको कार्यक्रम ल्याएको छ । कोरोना कहरका कारण थलिएको पर्यटन क्षेत्रलाई उकास्न सहुलियतपूर्ण प्याकेजहरु ल्याइएको हाई नेपालका सिइओ समीर जिसीले जानकारी दिए ।

हाई नेपालको प्याकेजमा नेपालका विभिन्न पर्यटकीय स्थलको अवलोकन र भ्रमणसँगै र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पलगायत छन् । ‘पर्यटन व्यवसायी र घुम्न, खेल्न रुची राख्नेका लागि प्याकेज प्रभावकारी हुनेमा हामी विश्वस्थ छौं’, जिसीले भने, ‘हाम्रो प्याकेज सस्तो र सुरक्षित हुनेछ ।’

पाँच वर्षदेखि पकनाजोल काठमाडौं रहेर पर्यटन क्षेत्रमा काम गर्दै हाई नेपालले कोरोना महामारीपछि यस्तो प्याकेज ल्याएको हो । ‘हामीले आन्तरिकसँगै बाह्य पर्यटन प्रवद्र्धन गर्न अरु निकै काम गर्दैर्छौं’, समाजसेवामा समेत सक्रिय सिइओ जिसीले भने, ‘पर्यटन प्रवद्र्धनबिना मुलुकको समृद्धि सम्भव छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर