पोपद्वारा नेपाल र भारतको दूतमा गिरेल्लीलाई नियुक्त – Nepal Press

पोपद्वारा नेपाल र भारतको दूतमा गिरेल्लीलाई नियुक्त

काठमाडौं– इसाइ धर्मगुरु पोप फ्रान्सिसले नेपाल र भारतका लागि दूतको रुपमा आर्कविसप लियोपोल्डो गिरेल्लीलाई नियुक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार मार्च १३ देखि उनले कार्यभार सुरु गरेका छन् । उनी यसअघि साइप्रस, इजरायल, जेरुसेलेम र प्यालेस्टाइनका लागि भ्याटिकन सिटीको डेलिगेसनमा सक्रिय थिए ।

इटालीमा जन्मिएका ६७ वर्षिय गिरेल्ली सन् १९७८ बाट इसाइ पादरीको रुपमा काम गर्न सुरु गरेका थिए । सन् १९८७ देखि उनले कुटनीतिक सेवा सुरु गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर