आलिया भइन् २८, जन्मदिनमा ‘सीता’ लुक्स रिलिज – Nepal Press

आलिया भइन् २८, जन्मदिनमा ‘सीता’ लुक्स रिलिज

मुम्बई- बलिउड डीभा आलिया भाट सोमबारदेखि २८ वर्षमा प्रवेश गरेकी छिन् । अभिनय करियर सुरु गरेको ८ वर्षमै उनको लोकप्रियताको ग्राफ चुलिएको छ ।

जन्मदिन अवसरमै आलियाले सोमबार आफ्नो आगामी फिल्म आरआरआरको फस्टलुक पोस्टर सार्वजनिक गरेकी छिन् । ‘बाहुबली’ फेम्ड एसएस राजामौली निर्देशित उक्त फिल्ममा आलियाले सीता नामक पात्रको भूमिका चित्रण गरेकी छिन् ।

सीता पात्रकै पोस्टर उनले सार्वजनिक गरेकी हुन् । निर्माताले फस्टलुक आउटपछि आलियाका फ्यान खुशि भएका छन् । पोस्टरमा आलिया चार्मिङ देखिएकी छिन् । बोटल ग्रीन सारीमा सजिएकी आलिया र दियोलाई चित्रण गरिएको छ ।

पिरियड ड्रामा आरआरआरमा जुनियर एनटीआर, राम चरम, अजय देवगण र आलियाको मुख्य भूमिका छ । उत्तर भारतको उपनिवेशवादी शासनको कालखण्डलाई चित्रण गरिएको छ । आउने अक्टोबर १३, २०२१ (असोज २७, २०७८ दशैं)मा फिल्म रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *