संसद नियमित गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श बैठक – Nepal Press

संसद नियमित गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श बैठक

काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनमा सहमति जुटाउन सभामुख अग्नि सापकोटाले पहल थालेका छन् ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बैठक अवरुद्ध गर्न सक्ने परिस्थितिबीच सभामुख सापकोटाले आज २ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

यसअघि सर्वोच्च अदालतको आदेशबाट पुनःस्थापित भएलगत्तै २ पटक संसद बैठक बसिसकेको छ ।

सभामुखले ती बैठक गर्दा कार्यव्यवस्थाको बैठक राखेका थिएनन् । मंगलबार १ बजे बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

कांग्रेस, माओवादी र जसपाले संवैधानिक परिषद अध्यादेश बैठकमा पेश गर्न नदिने अडान राख्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर